रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण

 

ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि पक्राउ परेका ६ जनामा कोरोना संक्रमण भएको छ ।

पक्राउ परेका १९ जनामध्ये ६ जनाको पिसीआर जाँच गराउँदा कोरोना भाइरस संक्रमण देखिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई म्याद थप गर्न लैजाने बेलामा प्रहरीले कोरोना परीक्षण गराएको थियो । उनीहरुको परीक्षणको रिपोर्ट सोमबार आएको हो।

संक्रमण देखिएकाहरुलाई छुट्टै राखिएको छ । रथ तान्ने क्रममा झडप हुँदा प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका थिए । सो क्रममा प्रदर्शनकारीको कुटाईबाट ट्राफिक प्रहरी जवान कमल घिमिरेसमते घाइते भएका थिए ।

Back to top button