बाघको आक्रमणबाट चितवनमा एकको मृत्यु

चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वषीया बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको शव सोमबार दिउँसो भेटिएको हो ।

उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ ।

Back to top button