काठमाडौं उपत्यकामा १२ हजार भन्दा बढीमा कोरोना संक्रमित

कोरोना भाइरसबाट सबै भन्दा बढी संक्रमित अहिले सम्मकै उच्व काठमाडौं उपत्यकामा १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमित पगेका छन् ।

देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या झण्डै ५६  हजार पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन् । काठमाडौ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् । यस्तै ललितपुरमा एक हजार १९१ जनामा ५४१ महिला र ६५० पुरुष र भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन् ।

पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । आजैमात्र उपत्यकामा ५१२ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन् ।

Back to top button