लोडसेडिङ अन्त्य गर्ने कुलमान घर फर्केः जनताले हराएका वामदेव राष्ट्रिय सभा सदस्य

कम्युनिष्ट सरकार ।

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गर्ने निर्णय भएकोको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

गौतमलाई राष्ट्रिय सभा लैजान यसअघि गत फागुन १४ गते पार्टी बैठकले सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो । लगत्तै प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेका थिए । त्यसले सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको थियो । प्रधानमन्त्रीले युवराज खतिवडालाई मन्त्रीमा निरन्तरता दिन अन्तिमसम्म अध्यक्ष दाहाल, उपाध्यक्ष गौतमलगायत नेताहरूलाई मनाउने प्रयास गरेका थिए । उनीहरू नमानेपछि आफैंले गौतमको प्रस्ताव ल्याएका थिए ।

आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिको प्रस्ताव नआएकाले छलफल नभएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्राधिकरणको कार्यवाहक पनि कसैलाई तोकिएको छैन । वर्षौंदेखिको लोडसेडिङ समस्याबाट मुलुकलाई मुक्त गरेर जनतालाई उज्यालो दिएका नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको छ ।

 

 

Back to top button