भारतले प्याज निकासी रोक्योः नेपालीमा मूल्य बढ्ने आशंका 

भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएको छ । प्याज निर्यातसम्बन्धी आफ्नो नीतिमा परिमार्जन गर्दै भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएको हो ।

भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयको वैदेशिक व्यापार विभागका महानिर्देशक अमित यादवले गरेको हस्ताक्षर गरेको सूचनामा सबै किसिमका प्याजको निकासीमा प्रतिबन्ध लगाएको उल्लेख छ ।

भारत सरकारको यो निर्णयसँगै अब भारतीय प्याज नेपाली बजारमा आउने छैन । नेपालले भारतबाट प्याजको आयात गरिरहेको छ । भारतले आफ्नो बजारमा प्याज अभाव हुन थालेको र मूल्य बढ्ने क्रम नरोकिएका कारण प्याजको निकासीमा प्रतिबन्ध लगाइदिएको हो ।

भारतीय निर्णयसँगै अब त्यसको असर नेपाली बजारमा देखिन्छ । गत वर्ष पनि भारतले प्याजको निकासी रोक्दा नेपाली बजारमा प्याजको मूल्य आकाशिएको थियो ।

नेपालमा गत आर्थिक वर्षमा भारतबाट मात्रै २ करोड ५८ लाख किलोग्राम सुख्खा प्याज आयात भएको थियो । यसैगरी ७ करोड ४८ लाख किलोग्राम ताजा प्याज पनि भारतबाट गत वर्ष आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

Back to top button