करेन्ट लागेर एकै गाउँमा तीन बालबालिकाको मृत्यु

दाङमा करेन्ट लागेर तीनजना बालबालिकाको मृत्यु भएको छ । कुलामा नुहाउँदै गरेका अवस्थामा पानीमा करेन्ट लाग्दा घोराही उपमहानगरपालिका- १० उत्तर अमराईका १० वर्षीया बालिका रेणुका चौधरी, ८ वर्षीय बालक प्रशान्त चौधरी र ३ वर्षीय बालक अमृत चौधरीको मृत्यु भएको हो ।

नजिकै एक घरमा मरेको मान्छेको शुद्धशान्तिका क्रममा कुलोबाट पानी तान्नलाई मोटर जोडेको अवस्थामा पानीमा करेन्ट प्रवाह हुँदा तीन बालिकाहरुको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

पानी तान्ने मोटर र घरधनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । एकै गाउँका तीनजना बालिकालाई करेन्ट लागेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ ।

Back to top button