
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । भूकम्प ५ बजेर १९ मिनेटमा गएको हो ।
भूकम्पको धक्का काठमाण्डौमा शक्तिशाली महशुश भएको छ । भूकम्पपछि काठमाडौंमा धेरै ठाउँमा मानिसहरु घर बाहिर निस्किएको देखिएको छ । धेरै समय पछि मानिसहरु घर बाहिर निस्किएका थिए । उपत्यका सहित मध्यमाञ्चलका विभिन्न जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ ।