टोटनह्यामलाइ २–१ को जितः केनले गोल गरे

इंग्लिस क्लब टोटनह्यामले युरोपा लिग फुटबलको दोस्रो चरण छनोट खेलमा जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनह्यामले बुल्गेरियाको लोकोमोटिभ प्लोभ्डिभलाई २–१ गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामलाई जिताउन ह्यारी केन र टान्गी एनडम्बेलेले गोल गरे। लोकोमोटिभका लागि भने जर्जी मिन्चेभले गो गरेका थिए ।

लोकोमोटिभमाथि टोटनह्यामले कठिन जित निकालेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको ७१औं मिनेटमा गोल खान पुग्यो । जर्जीले गोल गरेपछि लोकोमोटिभ १–० गोलले अघि रहेको थियो । तर खेलको ७८ औं मिनेटमा डिनिस अल्मेडा र ७९औं मिनेटमा विर्सेन्ट करागरेन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लोकोमोटिभ ९ खेलाडीमा सीमित भएको थियो।

खेलको ८०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्यारी केनले टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ८५औं मिनेटमा एनडम्बेलेले गोल गरेपछि टोटनह्यामले २–१ गोलले जित निकालेको हो ।

Back to top button