
कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख ९४ हजार ५ सय ४१ पुगेको छ । संगठनका अनुसार संक्रमित मध्ये सबै भन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा ७० लाख संक्रमित पुगेका छन् । अमेरिकामा संक्रमणबाट मर्नेको संख्या पनि धेरै छ । अहिले सम्म अमेरिकामा २ लखा ३ हजार नागेको छ ।
यस्तै भारतमा ५३ लाख भन्दा बढी संक्रमित पुगेका छन् । भारतमा ८५ हजार ६ सय २५ जनाको निधन भएको छ । विश्वमा पछिल्लो २४ घण्टामा अहिलेसम्कै धेरै ३ लाख १५ हजार ९१९ नयाँ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ५६ हजार ४ सय ३८ जनाको मृत्यु भइसकेको छ ।
अमेरिका पछि ब्राजिलमा १ लाख ३५ हजार ८ सय ५७ जनाको निधन भइसकेको छ ।