विवादै विवादमा नेपाली कलाकार

नेपाली फिल्म क्षेत्रका कलाकारहरु विवादमा फस्ने गरेका छन् । वर्षा राउत, दीपाश्री निरौला, पूजा शर्मा लगायतका कलाकार यसअघि विवादमा तानिएका थिए । सामाजिक सञ्जालमा पनि यी कलाकारलाई ट्रोलिङ बनाइयो ।

यतिबेला भने अर्की कलाकार आँचल शर्मालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले तारो बनाएका छन् । आँचल यत्तिकै विवादमा भने आएकी होइनन् । उनले एक अन्तर्वार्ताका क्रममा महिलाहरुले टिकटकमा हात हल्लाएर पनि आफ्नो कला देखाउन सक्ने बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘केटीहरु टिकटकै बनाए पनि क्रियटिभ हुन्छन्, किनकि दिमाग चलाएको हो नि, क्रियटिभ दिमाग त्यत्तिकै चल्दैन ।’उनले केटाहरुले पब्जी खेल्ने तर युवतीहरु टिकटक बनाउने गरेको बताएकी थिइन् ।

आँचलको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको छ । ‘हात चलाउन जान्दैमा कोही क्रियटिभ नहुने’ भन्दै उनलाई मजाकमा उडाइएको छ ।

 

Back to top button