अभिनेत्री आत्महत्या प्रकरणः निर्माताले गरे आत्मसमर्पण

एजेन्सीः २६ वर्षीया तेलेगु अभिनेत्री श्रावणी कोन्डपल्लीको आत्महत्या प्रकरणमा मुछिएका फिल्म निर्माता अशोक रेड्डीले बुधबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनी पछिल्लो समयको चर्चित ‘आरएक्स १००’ सिनेमाका निर्माता हुन् ।

श्रावणीले आत्महत्या गरेको ८ दिनपछि उनले आत्मसमर्पण गरेका हुन् । घटनामा प्रहरीले अशोकलाई आरोपी बनाइएको छ। अशोकका अलावा देवराज रेड्डी र साईं कृष्ण रेड्डीलाई पनि आरोपी बनाइएको छ । श्रावणीले ८ सेप्टेम्बरमा हैदरावासस्थित मधुनगरको आफ्नो घरमा पासो लगाएर आत्महत्या गरेकी थिइन्।

आरोपी सबैको कोरोना परीक्षण गरिनेछ । त्यसपछि प्रहरीले अशोकलाई अदालतसमक्ष पेस गरिनेछ । घटनाका दुई आरोपी देचराज र साईं कृष्ण हाल प्रहरी हिरासतमा रहेका छन् । प्रहरीमा दिइएको उजुरीमा अभिनेत्रीले उनीहरूको ब्ल्याकमेलबाट हैरान भएर आत्महत्या गरेको उल्लेख छ ।

Back to top button