बुहारीलाई बलात्कार गर्ने पक्राउ

आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

Back to top button