हैदराबादविरुद्ध बैंगलोरको शानदार जित

‘रोयल च्यालेन्जर्स बैंगलोर’ले ‘सनराइजर्स हैदराबाद’विरुद्ध शानदार जित हासिल गरेको छ । टस हारेर ब्याटिङमा उत्रिएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । यसका लागि देवदत्त पडिकलले सर्वाधिक ४२ बलमा ५६ रन बनाएका थिए । यस्तै एबिडीभिलियसले ३० रनमा ५१ रन बनाए ।

विराट कोहली भने १३ बलमा १४ रन बनाउँदै आउट भएका थिए । बैंगलोरको जितमा यजुवेन्द्र चहलले ४ ओभर खेल्दै १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । यस्तै नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए ।

१ सय ६४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हैदराबादले २ बल बाँकी छँदा नै सबै विकेट गुमाएको हो । यसका लागि क्याप्टेन डेबिड वार्नरले मात्र ६ बलमा ६ रन बनाउन सकेका थिए ।

हैदरबादका लागि जोनी बरिष्टले सर्वाधिक ४३ बलमा ६१ रन बनाए । त्यस्तै मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाएका थिए । प्रियम गर्गले १२ रन बनाए भने बाँकी अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । बैंगलोरले बिहीबार किंग्स ११ पन्जावविरुद्ध खेल्नेछ भने हैदराबादले शनिबार कोलकत्ता नाइट राइडर्ससँग खेल्नेछ ।

Back to top button