नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज १९ गते बस्ने

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  यही असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने छ ।

पार्टी केन्द्रीय कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बैठक अगाडि पीसीआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीलाई अनिवार्य रुपमा असोज १५ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

फागुनमा तोकिएको महाधिवेशन कोभिडका कारण सम्भव नभएपछि जेठ सार्न कांग्रेसमा बहस भइरहेको छ । केन्द्रीय समितिले महाधिवेशनको मिति सार्ने निर्णय गर्ने सम्भावना छ ।

Back to top button