`दशैंको लागि खसीबोका आयोः अनलाइनबाटै अडर गर्न सकिने 

नेपालीहरुको महान् चाड दशैंको लागि काठमाडौं उपत्यकामा खसीबोका आयात हुन थालेको छ । दशैं तिहारका लागि बाकस समुहले बुधबार पहिलो पटक काठमाडौं उपत्यकामा खसी बोका ठुलो संख्यामा आयात गरेको हो । उपभोक्ताको माग अनुसार दशैं सुरु हुन एकमहिना अघिदेखि नै खसीबोका ल्याउन सुरु गरिएको छ ।

नवलपरासीबाट बुधबार २५० वटा खसीबोका ल्याइएको बाकस समुहका अध्यक्ष विरेन्द्र बहादुर पाण्डेले जानकारी दिएका छन् । बजारको माग अनुसार थप खसीबोका ल्याउने अध्यक्ष पाण्डेको भनाइ छ । बाकस समुहले उपभोक्ताको सजिलोका लागि अनलाइनबाट पनि अडर लिन थालेको छ । बाकसले सिंगै र टुक्रा गरेर पनि अनलाईन अडर लिने जनाएको छ ।

 

Back to top button