लोकतन्त्रको खिल्लीः प्रधानमन्त्री ओलीका खल्तीका पात्र राजदूत 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्न खल्तीका पात्र राजदूतमा नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गरेका हुन् । ओलीले पार्टी भित्र कुनै छलफल नै नगरी राजदूत नियुक्त गरेपछि नेकपा भित्र असन्तुष्टि चुलिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडा र  रेग्मीलाई राजदूतमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री ओलीले पार्टीमा कुनै सल्लाह नै नगरी खतिवडा र रेग्मीलाई राजदूत नियूक्त गरेपछि ओलीइतरका नेताहरू आक्रोशित भएका हुन् । यसअघि बसेको नेकपा सचिवालय र स्थायी कमिटी बैठकका निर्णयलाई प्रधानमन्त्रीले पार्टीका निर्णय लत्याएको नेकपा नेताहरूले बताएका छन् ।

नियुक्ति गर्दा पार्टीमा छलफल गरेर मात्र गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्री ओलीले बिहीबार आफ्ना मान्छेलाई राजदूत नियुक्त गरेर लत्याएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायत नेताहरुले असन्तुष्टि पोखेका हुन् ।

 

Back to top button