कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका डाक्टर सापकोटाको मृत्यु

कोरोना भाइरसका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. हरि सापकोटाको मृत्यु भएको हो । वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि उनलाई दुई साताअघि नेपालगञ्ज उपचारका लागि प्रदेश अस्पतालबाटै रिफर गरिएको थियो । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार उनलाई ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएका थिए । डाक्टर सापकोटालई मधुमेह र उच्च रक्तचाप पनि थियो  ।

५९ वर्षीय अर्थोपेडिक सर्जन सापकोटा १४ वर्षदेखि कर्णाली प्रदेश अस्पतालमा कार्यरत थिए । उनले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा यो अस्पताल हुँदा तीन पटक निमित्त मेडिकल सुपरिटेण्डेण्ट भएर अस्पतालको नेतृत्व गरेका थिए ।

Back to top button