यौन शोषणको आरोपमा अनुराग पुलिस थानामा

एजेन्सीः बलिवुडका फिल्म निर्देशक तथा निर्माता अनुराग कश्यप प्रहरी कार्यालय उपस्थित भएका छन् । दक्षिण भारतीय अभिनेत्री पायल घोषले उनीमाथि यौन शोषणको आरोप लगाएपछि प्रहरीले उनलाई कार्यालयमा उपस्थित हुन भनेको थियो ।

नायिका घोषले २२ सेप्टेम्बरमा पायलले मुम्बईको बर्सोबा थानमा अनुरागविरुद्ध उजुरी दिएकी थिइन् । तर प्रहरीले उजुरी दर्ता गरेको थिएन । यो प्रकरणमा विवाद बढ्दै गएपछि प्रहरीले अनुरागलाई मुम्बई बाहिर नजान र आवश्यक परेको समयमा उपस्थित हुन भनिएको थियो ।

प्रहरीले बिहीबार उनलाई बोलाएपछि उपस्थित भएको भारतीय समाचार माध्यम आजतकले जनाएको छ । अनुरागले आफूलाई घरमा बोलाएर यौन शोषणको प्रयास गरेको आरोप पायलको छ ।

पायलले पटकपटक अनुरागलाई पक्राउ गर्नुपर्ने भन्दै आएकी थिइन् । २०१५ मा उनलाई अनुरागले यौन शोषणको प्रयास गरेको दाबि उनले गरेकी थिइन् । पालयले यही प्रकरणलाई लिएर महाराष्ट्रका राज्यपाललाई पनि भेटेकी थिइन् । राज्यपालले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।

पछिल्लो समयमा बलिवुडमाथि एक पछि अर्को आरोप लागिरहेको छ । शुसान्त राजपुतको आत्महत्यापछि बलिवुुडमा ड्रग्स प्रकरणले तातिरहेको छ । दीपिका पादुकोण, सारा अली खान, रिया चक्रवर्ती र श्रद्धा कपुरको नामसमेत विवादमा आएको छ ।

Back to top button