काठमाडौं उपत्यकामा एकै दिन २५ सय ४० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा अहिलेसम्कै उच्च चार हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ९८ हजार ६१७ जनामा संक्रमणित भएको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९० पुगेको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेका छन् भने होम आइसोलेसनमा १४ हजार ९४७ जना छन्।

काठमाडौं उपत्यकामा बिहीबार मात्र २५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।

Back to top button