एकै दिन ४ हजार ४७ जनामा कोरोनाः काठमाडौं उपत्यकामा २२ सय ८३

पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् ।  योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११ हजार आठ सय २ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ४३० जनाको पीसीआर परीक्षण भएको हँदा ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण थपिएका हुन् ।

यस्तै आइतबार १४ सय ७३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको हो । अहिले संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहेका छन् भने होम आइसोलेसनमा १९ हजार ९५७ जना छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।त्यस्‍तै पछिल्लो २४ घण्टामा काठमाडौंका १८८८ ,ललितपुर २७७ र भक्तपुरका ११८ जनामा संक्रमण देखिएको गौतमले जानकारी दिए।

Back to top button