उदयपुरमा स्कारपिओ दुर्घटना: ५ जनाको मृत्यु, ३ घाइते

उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा मृत्यु भएको छ । सोहि दुर्घटनामा अन्य तीन जना पनि गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.च.७१७१ नम्बरको स्कारपियो राति १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण सार्कीको मृत्यु भएको खुलेको छ । अन्य ३ जनाको खुलेको छैन ।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३०/३२ वर्षका पुरुष, ३०/३५ वर्षका पुरुष र अर्की ३०/३५ वर्षकी महिलाको पहिचान भइनसकेको उनले बताए । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देहीका २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर लगिएको छ ।

ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी गएको बुझिएको छ ।

Back to top button