एकै दिन ३ हजार ७९० कोरोना संक्रमितः उपत्यकामा मात्रै २ हजार ३८८

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनामा .संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

काठमाडौं उपत्यकाका २ हजार ३८८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । काठमाडौंमा २००८ .,ललितपुरमा ९९ र भक्तपुरमा २८१ गरी २ हजार ३८८ जनामा संक्रमित देखिएको हो ।

यो सँगै ४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण भएको छ । सोमबार २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।

आइसीयूमा २८२ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कोरोनाबाट ७५७ जनाको मृत्यु भएको छ । सोमबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

Back to top button