एकैदिन ५ हजार ७४३ जनामा कोरोनाः काठमाडौंमा मात्रै ३१०७

२४ घण्टामा नेपालमा पाँच हजार ७४३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।  यो सँगै नेपालमा संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । जसमा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । काठमाडौंमा २३९१ , ललितपुरमा १७३ र भक्तपुरमा ५४३ गरी ३ हजार १०७ जनामा संक्रमण भएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

४४ हजार ४७४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १४ हजार ६७६ जना रहेका छन् भने होम आइसोलेसनमा २०हजार ८ सय जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ११८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ९६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

आइसीयूमा २६९ र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७९१ जनाको मृत्यु भएको छ। बुधबार मात्रै २६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

Back to top button