गायिका ईन्दिराको मन छुने गीत ‘तिमि बिना’

गायिका इन्दिरा भट्टराईको ‘तिमी बिना’ बोलको गीत बजारमा आएको छ । भिडियो सहित गायिका भट्टराईको स्वरमा भुवन प्रकाश बडुको पनि स्वर रहेको छ ।  उक्त गीतको भिडियो इन्दिरा अडियो भिडियो म्युजिकमार्फत सार्वजनिक भएको हो ।

सो गीतमा शब्द मनोजसिंह धामीको रहेको छ भने संगीत भुवनप्रकाश बडु आफैँले दिएका छन् । काठमाडौंमा छाँयाकन गरिएको भिडियोको निर्देशन होम धितालले गरेका छन् ।

गायिका भट्टराई हाल युएईमा रहेकी छिन् । ‘तिमी बिना’ बोलको गीतले श्रोता र दर्शकहरुको माया पाउने  विश्वास उनको छ । यस अघि दुई दर्जन भन्दा बढी गीत गायिका भट्टराई बजारमा आइसकेको छ ।

 

 

Back to top button