खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो ‘गुर्जो’को विरूवा

काठमाडौँको तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले गुर्जोको विरुवा रोपेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले १५००  गुर्जोको विरूवा रोपेको हो । महाशाखाले उपत्यकाका ४४ वटै ट्राफिक कार्यालयमा पनि ५ वटाको दरले थप रोपिएको छ ।

विरुवा रोप्ने कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत लगायतको सहभागिता रहेको थियो ।

अग्रपंतिमा रहेर काम गर्ने ट्राफिक प्रहरी कोरोनाको विचमा पनि सडकमा धेरैसँग नजिक हुनु पर्ने भएकोले संक्रमणको जोखिम ज्यादा छ ।’ एसएसपी भिम प्रसाद ढकालले भने : “त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाईदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता विरूवा रोप्ने कामको थालनी भएको उनको भनाई छ ।

Back to top button