नेकपा फुट्नबाट जोगाउन वामदेवलाई राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताको पक्षमा भूमिका खेल्न आग्रह गरेकी छन् । मंगलबार राष्ट्रपति निवास बोलाएर राष्ट्रपति भण्डारीले एकता जोगाउनुपर्ने बताएकी हुन् ।

राष्ट्रपति र गौतमबीच आधा घण्टाजति मात्रै छलफल भएको थियो । फेरि पार्टीमा विवाद उत्पन्न भएको छ, त्यसमा कुनै पनि हालतमा पार्टी विभाजन गर्ने शक्तिलाई परास्त गर्न राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई आग्रह गरेकी हुन् ।

पार्टीभित्र विवाद उत्पन्न भएपछि राष्ट्रपतिले नेकपा नेताहरुलाई बोलाएर छलफल गर्न थालेकी छन् । पार्टीमा जब विवाद बढ्दै जान्छ त्यसपछि राष्ट्रपति सक्रिय हुँदै आएकी छन् । पार्टीभित्रको विवादमा राष्ट्रपति सक्रिय भएको भन्दै बारम्बार आलोचना हुँदै आएको छ ।

Back to top button