पार्टी अध्यक्ष र प्रधानमन्त्री पद नछाड्ने ओलीको अडान

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट नहट्ने बताएका छन् । बुधबार संखुवासभा पुगेका प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने बताएका हुन् ।

पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने उनको तर्क छ । ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न । हल्लाको पछि नलाग्नुहोस्’, उनले भने ।

ओलीले आफू महाधिवेशनबाट निर्वाचित भएकाले अध्यक्ष छोड्न पनि प्रक्रिया पूरा गर्नुपर्ने बताए । ‘कसैको चाहना होला, तर चाहना छ भन्दैमा मैले छोड्न मिल्दैन’ उनले भने । अहिले पार्टीभित्र समस्या देखिएपनि विभाजनसम्म नपुग्ने प्रधानमन्त्री उनको भनाई छ ।

संखुवासभाको किमाथांका पुगेका प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको बीओपीको निरीक्षण, कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनाबारे जानकारी लिएका थिए ।

Back to top button