मिस नेपालको उपाधि नम्रतालाईः इन्टरनेशनल सन्ध्या र अर्थ सुप्रियाले हात पारिन्

यो बर्षको मिस नेपाल नम्रता श्रेष्ठ बनेकी छन् । शनिबार प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपालको उपाधि जितेकी हुन् । अब उनले मिस वर्ल्ड २०२० मा सहभागी हुन पाउने छिन् । मिस नेपाल सुपरनेशनल सिमल कान्यूजिया मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ विजेता घोषणाभएका छन् ।

मिस नेपाल विजेता नम्रतालाई शनिबार मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले क्राउन पहिराइ दिएकी छन्। नम्रताले नगद २ लाख ५ हजार रुपैयाँ प्राप्त गरेकी छन् । यस्तै ब्युटी विथ पर्पस र मिस पपुलर च्वाइस अवार्डको उपाधि सन्ध्या शर्माले जितेकी छिन् ।

मिस हेल्दीको उपाधि नेहा सरकारले उचाल्दा मिस फोटोजेनिकको उपाधि आस्तिका श्रेष्ठले जितेकी छिन् । मिस ग्ल्यामरको उपाधि योजना भट्टराईले जितेकी छिन् भने मिस स्टाइलिस मेरिसा सिंह सुवालले जितेकी छिन् ।

Back to top button