नक्कली लाइसेन्स बेचेरै घर गाडीः एउटाकै सवा लाख‍मा बिक्री

भक्तपुरबाट  पक्राउ परेका एक पुरुषले नक्करी लाइसेन्स बेचेरै घर गाडी जोेडेका छन् । प्रहरीले पक्राउ गरेको सिन्धुपालचोक घर भई ठिमी बस्ने २८ वर्षीय आशिष गिरीले नक्कली लाइसेन्स बेचेरै घर गाडी जोडेको खुलेको छ ।

गिरीलाइ महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरी उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाएको छ ।

प्रहरीले उनलाई नक्कली लाइसेन्स बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको थियो । उनले केही वर्षदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिक्री गर्ने काम गर्दै आएका प्रहरीले आशंका गरेको थियो । एटष

यातायात कार्यलयका कर्मचारीहरूको मिलेमतोमा ट्रायल नै नदिई अनुमति पत्र बिक्री गर्ने गरेको हुन सक्ने प्रहरीको भनाइ छ । उनले लाइसेन्सको ३० हजारदेखि सवा लाखसम्ममा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनसँग हुन्डाई कम्पनीको आई-२० बा १५ च ४६८४ नम्बरको कार पनि प्रहरीले पक्राउ गरेको छ । त्यहीँबाट प्रहरीले ३८ वटा नक्कली लाइसेन्ससमेत फेला पारेको थियो ।

उनले प्राय: मृतक र म्याद गुज्रेर खारेज भएका लाइसेन्स नम्बर यातायात कार्यालयबाट लिने गर्थे । पछि सोही नम्बरबाट नक्कली नयाँ लाइसेन्स बनाएर बिक्री गर्ने गरेको खुलेको छ । लाइ

त्यसरी नक्कली लाइसेन्स बिक्री गरेर उनले भक्तपुरको दुवाकोटमा साढे दुई तले घर बनाउँदै गरेका छन् । गिरीले हालसम्म कति त्यस्ता लाइसेन्स क-कसलाई दिएका छन् भन्ने खुलिसकेको छैन ।

 

Back to top button