निर्वाचनमा जुट्न प्रधानमन्त्री ओलीले गरे देशवासीलाई आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई अर्थहीन बनाइएपछि प्रतिनिधिसभा विघटनको निर्णय लिएको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट सरकारलाई काम गर्न नदिएका कारण ताजा जनादेशमा जान परेको बताए । संबैधानिक निकायमा नियुक्तिका लागि पार्टी भित्रैबाट अवरोध भएको उनले टिप्पणी गरेका छन् ।  संसद विघटन गर्ने बातावरणको विजारोपण अप्रत्यासितरूपमा पहिलेदेखि नै भएको उनले उल्लेख गरेका छन् ।

विघटन सत्तारुढ दलभित्रका नेताको असंगत व्यवहारका कारण आफूले यो निर्णय लिएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई जनअपेक्षाअनुसार अघि बढ्न नदिने विसंगत व्यवहार अघि बढाइएको उल्लेख गरे । प्रधानमन्त्रीले ओलीले निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचनमा जुट्न आह्वान समेत गरेका छन् ।

Back to top button