मन्त्रीको सपथमा विघटित प्रतिनिधिसभाका सभामुख सहभागि

मन्त्रीहरूको सपथ ग्रहणमा विघटित प्रतिनिधिसभाका सभामुख पनि उपस्थित भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा गराएको सपथ समारोहमा सापकोटा उपस्थित भएका हुन् ।

यसअघि राजीनामा दिएका मन्त्रीको रिक्त ठाउँमा ओलीले शनिबार नयाँ मन्त्रीलाई नियूक्त गरेका हुन् । विघटित संसदका सभामुखले संसद् बैठक बोलाउने चर्चा चलेकै बखत नयाँ मन्त्रीको सपथ समारोहमा उपस्थित हुनुलाई रहस्यमय भएको भन्दै विश्लेषण गरिएको छ ।

यसअघि ओलीले बोलाएको संवैधानिक परिषदको नियुक्तसम्बन्धी बैठकमा सभामुख अनुपस्थित भएका थिए । सभामुख अनुपस्थित भएपछि ओलीले मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति अनुमोदन गरेकी थिइन् ।

मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा उपस्थित भएका थिएनन् । त्यसबेला प्रतिनिधिसभा विघटन भएको थिएन ।

Back to top button