संसद् विघटनको विरोधमा कांग्रेसको देशैभर प्रदर्शन

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले बिहीबार देशभर नै प्रदर्शन गरेको छ । ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन गरेको हो । प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका छन् भने कतिपय स्थानमा सम्बोधन गर्दैछन् ।

वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल सभापति देउवाले आग्रह गरेका छन् । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध एकमत भएको नेपाली कांग्रेसले जनाएको छ ।

संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

Back to top button