नागरिक माथिको दमनमा सरकारले माफी मागोस् : कोइराला

कांग्रेस नेता शेखर कोइरालाले प्रतिगमनविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा नागरिक समाजमाथिको दमनका लागि माफी माग्न सरकारलाई आग्रह गरेका छन् । उनले ट्वीट गर्दै सोमबारको बर्बरताका लागि नागरिक समाजसँग क्षमा माग्न आग्रह गरेका हुन् ।

‘देशको माटो निधारमा लगाएर प्रतिगमनविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथिको बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन, त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमापूजाबाट सम्भव छ, न त कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट नै,’ उनले भनेका छन् ।

Back to top button