प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा उपस्थित हुन आदेश गरेको छ । न्यायाधीश मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीको नाममा लिखित जवाफसहित सात दिनभित्र आफैं उपस्थित हुन आदेश जारी गरेको हो ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा पटक-पटक अभिव्यक्ति दिएको तथा कानून व्यवसायीहरूलाई होच्चाएको र इजलासमा भइरहेको बहसलाई तमासा भनि टिप्पणी गरेको भन्दै अवहेलना निवेदन दायर भएको थियो । वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतको यस्तो आदेश आएको हो ।

Back to top button