रामप्रसादको सम्झनामा निःशुल्क रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

नेपालको शैक्षिक अभियानका अग्रणी स्वर्गिय रामप्रसाद उपाध्यायको सम्झनामा निःशुल्क रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । रामप्रसाद कुइकेल स्मृति प्रतिष्ठानले काठमाडौंको चाँगुनाराण स्थित ग्रामिण अपांग समन्वय केन्द्रको पांगणमा निःशुल्क रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा २८ जना महानुभावहरुले रक्त दान गरेका छन् । त्यस्तै निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयको उल्लेख्य सहभागि रहेको थियो ।
काठमाडौं थली स्थित कान्ति भैरव माध्यमिक विद्यालयका संस्थापक तथा पूर्व प्रधानाध्यापक स्वर्गिय उपाध्यायको शैक्षिक क्षेत्रको विकास तथा शिक्षकहरुको व्यक्तित्व एवं वृत्ति विकासका लागि अतुलनिय योगदान हरेको छ । स्वर्गिय उपाध्याय शैक्षिक आन्दोलनका जुझारु अभियन्ता समेत हुन् । उनको सम्झनामा निःशुल्क रक्तदान तथा स्वास्थ्य शिविर सञ्चान गरिएको हो ।

Back to top button