नारायणहिटी अगाडी नेकपा ओली समुहको शक्ति प्रदर्शन

नेकपा केपी शर्मा ओली समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवम् प्रधनमन्त्री ओलीले -आफ्नो शक्ति प्रदर्शन गरेका हुन् ।  शक्ति प्रदर्शनमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर ‘थापा’ बादलले सम्बोधन गरे ।

सभामा सहभागी हुन् उपत्यका र बाहिरका विभिन्न जिल्लाबाट आएका सर्वसाधारण दरबारमार्गमा पुगेका थिए । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि सत्तारुढ नेकपा विभाजित छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल  र माधवकुमार नेपालले गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले देशव्यापी चरणबद्ध आन्दोलन गरिरहेका बेला सरकारी पक्षले समेत शक्ति प्रदर्शन गर्दै आएको छ । यसअघि धनगढी र चितवनमा शक्ति प्रदर्शन गरेको ओली समूहले शुक्रबार राजधानीमा बृहत् शक्ति प्रदर्शन गरेको हो । ओली समूहको सभामा सहभागी हुन् तराईका जिल्लाबाटसमेत सर्वसाधारणलाई गाडीमा काठमाडौं ल्याइएको थियो । सभा हुनुअघि उपत्यकाका बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाइन्स, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, टेकु, , सोह्रखुट्टे, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निकालिएको थियो । काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी भएका थिए ।

प्रतिनिधिसभा विघटनसँगै ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका छन् । दाहाल नेपाल समूहले भने संसद पुनस्र्थापना हुनुपर्ने भन्दै देशव्यापी आन्दोलन चर्काएका छन् ।

Back to top button