नरभक्षी आन्दोलनका दिन सकिएः प्रधानमन्‍त्री ओली

प्रधानमन्‍त्री केपी ओलीले मुलुक चुनाव चाहेकोले अब चुनावलाई कसैले रोक्‍न नसक्ने बताएका छन् । देश अब चुनावतर्फ गयो, अब जनताले फैसला गर्छन् । जनताले चुनाव चाहेका छन् उनले भने ।
‘उनले ‘नरभक्षी आन्दोलनका दिन सकिएको बताए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन । नेपाल शान्तिपूर्ण छ । नेपाल अशान्तिको भुमरीमा जान सक्दैन ।

बन्दको नाममा गरिब जनताको सम्पत्तिमा नोक्सान भए सरकारले हेर्ने ओलीले बताए । बिहीबार नेकपा दाहाल–नेपाल समूहको आम हड्ताललाई ओलीले कथित नेपाल बन्दको संज्ञा दिएका हुन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्‍त्री ओलीले शुक्रबार नारायणहिटी अगाडि आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो उद्‌घोष गरेका हुन् ।

ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘दाहाल’ले केही दिनअघि अब मांसाहारी आन्दोलनले मात्र नहुने बताएकोप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् ।

Back to top button