नेकपा दाहाल-नेपाल समुहद्वारा माघ २८ को आमसभामा सहभागी हुन आग्रह

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले माघ २८ गतेको आमसभामा सहभागी हुन आग्रह गरेका छन् । दाहाल नेपालले संयुक्त भिडियो सन्देश मार्फत  आमसभामा सहभागी हुन आग्रह गरेका हुन् । भिडियोका केही अंशमा दाहाल र केही अंशमा नेपालको आवाज छ ।

सभा प्रतिगमनका षडयन्त्रहरुलाई परास्त गर्नका लागि प्रतिनिधि सभा विघटन गर्ने कदमको विरुद्धमा सशक्त आवाज गुञ्जाउनका लागि भएको उनीहरुको भनाइ छ । ‘हाम्रो विरोध प्रदर्शन प्रतिगमनलाई परास्त गर्ने र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने एउटा अभियान पनि हो’, भिडिओमा अध्यक्षद्वयको भनाइ छ ।

समावेशी शासन प्रणालीलाई सुदृढ बनाउनका लागि, देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती जस्ता कुशासनका विरुद्धमा सशक्त आवाज गुञ्जाउनका लागि सभा आयोजना गरिएको उनीहरुको भनाइ छ ।

अध्यक्षद्वयले विगत कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘हामी विगतमा भएका आफ्ना कमिकमजोरीहरुको आत्मसमीक्षा गर्छौं ।

Back to top button