राष्ट्रिय युवा संघका संयोजक सापकोटा बर्खास्त

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई हटाएका छन् । ओली पक्षको युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएर अर्को नेतालाई जिम्मेवारी दिइने नेता प्रभातविक्रम कटुवालले बताए ।

कम्युनिस्ट आन्दोलन विपरीत ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराविरुद्ध लगाएको भन्दै सापकोटालाई हटाएको कटुवालले बताए। युवा संघका इन्चार्ज महेश बस्नेतको उपस्थितमा अहिले बैठक जारी छ ।

संयोजक दीपशिखालाई हटाएर युवा संघ सहसंयोजक रमेश पौडेललाई नेतृत्व दिने तयारी गरिएको छ । यसअघि विद्यार्थी संगठन अनेरास्ववियूमा एकले अर्कोलाई कारबाही गरेर जिम्मेवारी तोकिसकेका छन् । बर्खास्त

Back to top button