सामाजिक अभियान्ता अधिकारीद्वारा सामुदायिक स्कुललाई कम्प्यूटर हस्तान्तरण

कम्प्यासन फोर ह्यूमानिटीले भक्तपुरको एक सामुदायिक विद्यालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ । भक्तपुरको चाँगुनारण नगरपालिका ७ खरिपाटी स्थित  श्री क-ृष्ण माध्यमिक विद्यालयको ५५ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा कम्प्यासनले एक थान कम्प्यूटर हस्तान्तरण गरेको हो । कम्प्यासनको तर्फबाट सामाजिक अभियान्ता केशव प्रसाद अधिकारीले विद्यालयका प्रधान अध्यापकलाई उक्त कम्प्यूटर हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योगदान पुर्याउने  विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो ।

 

Back to top button