‘फेकन’को नयाँ कार्यसमिति सदस्यमाः खड्काको उम्मेदवारी

 

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल ‘फेकन’को नयाँ कार्यसमिति सदस्यमा शैक्षिक परामर्श व्यवसायी सविन खड्काले उम्मेदवारी दिएका छन् । शनिबार काठमाडौंमा हुने नयाँ कार्यसमितिमा स्वतन्त्र उम्मेदवारको रुपमा खड्काको उम्मेदवारी परेको हो । ‘फेकन’को १० औं साधारण सभा शनिवार सम्पन्न हुँदैछ । १० औं साधारण सभाले नयाँ कार्य समिति निर्वाचित गर्ने छ । नयाँ कार्यसमितिका लागि अध्यक्ष बाशु नेपाल र भूपाल तामाङ  प्यानल बीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा नेपाल व्यानलबाट विपिन केसीको उम्मेदवारी परेको छ । त्यस्तै सचिवमा पृथ्वी बहादुर चन्द प्रतिस्पर्धामा छन् ।

Back to top button