निर्वाचन आयाेगप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

निर्वाचन आयोगले चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आयोगले निर्वाचन कार्यक्रम प्रकाशित नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचनको तयारी गर्नुस् भनेकाे थिएँ,’ ओलीले भने, ‘तयारीकाे अवस्थामा मात्र छाैँ भन्छन् । निर्वाचन कार्यक्रम किन सार्वजनिक गरिएन ?’

केही दिन अघि मात्र प्रधानमन्त्री ओलीसहितको टोलीले निर्वाचन आयोगको भ्रमण गरी निर्वाचन तयारीबारे जिज्ञासा राखेको थियो । त्यसबेला आयोगमा निर्वाचनको तयारीबारे आफूले साेधेकाे बताएका थिए। त्यसबेला आयोगले तयारी भइरहेको बताएको थियो । तयारी भइरहेको भनेर आफूलाई भनिएको तर कार्यक्रम प्रकाशित नगरेकाे भन्दै ओलीले आयोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

 

Back to top button