भारत‍‌-चीनले विवादित सीमा क्षेत्रबाट सेना फिर्ता गरे

बीबीसीः भारत र चीनले दुई देशबीच विवादित हिमालय क्षेत्रको सीमाबाट आफ्ना सेना फिर्ता गरेका छन् । गल्वानलगायतका क्षेत्रबाट आ-आफ्ना सेना फिर्ता गर्ने कार्य पूरा गरेको भारतले जनाएको छ ।

भारतीय रक्षा मन्त्रालयले प्रकाशित गरेको एउटा संयुक्त विज्ञप्तिमा पान्गोङ त्सो ताल क्षेत्रबाट सैनिकहरू फिर्ता हुने कार्य शनिबार सम्पन्न भएको उल्लेख गरिएको छ ।

गत जुन महिनामा उक्त क्षेत्रमा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएको थियो । चीनले गत साता उक्त घटनामा आफ्ना चार सैनिकको पनि मृत्यु भएको स्वीकारेको हो ।

दुवै पक्षले लाइन अफ एक्चूअल कन्ट्रोल भनेर चिनिने सीमाको अन्य क्षेत्रमा पनि तनाव कम गर्न काम गर्ने बताएका छन् । शनिबार दुवै पक्षका कमान्डरहरूले उक्त कार्य कसरी भइरहेको छ भन्ने हेर्न भेटवार्ता गरेका थिए ।

आइतबार जारी वक्तव्यमा “अग्रपङ्क्तिमा रहेका सैनिकहरूलाई फिर्ता गर्नु एउटा महत्त्वपूर्ण कदम भएको” जनाइएको छ। 6 त्यस्तै यो “लाइन अफ एक्चूअल कन्ट्रोलको पश्चिमी क्षेत्रमा बाँकी रहेका समस्याहरू समाधानका लागि पनि राम्रो आधार बन्न सक्ने” वक्तव्यमा उल्लेख छ ।

यो चरणमा प्रवेश गर्नका लागि कमान्डरहरूले नौ चरणका वार्ताहरू गरेका थिए । वक्तव्यले सीमाको अर्को क्षेत्रमा तनाव रहेको स्वीकारेको छ र वार्ता जारी राख्ने आशा व्यक्त गरेको छ ।

सेना फिर्ता गर्ने निर्णय गर्नुअघि सीमावारि र सीमापारि दुई देशका सैनिकहरू तैनाथ थिए । त्यहाँ महिनौँदेखि तनाव कायम थियो र उक्त क्षेत्रमा दुवै देशले ठूलो सङ्ख्यामा सैनिक परिचालन गर्दा चिन्ता व्यक्त गरिएको थियो ।

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ ।

दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारत नराम्ररी पराजित भएको थियो । चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका थिएनन्

Back to top button