२५८६ बिन्दुमा नेप्से, निफ्रामा नेगेटिभ सर्किट

सोमबार ३२.६७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि दोहोरो अंकले घटेको छ । तीव्र उतारचढावबीच मंगलबार २१.१६ अंकले घटेर परिसूचक २५८६.५१ बिन्दुमा कायम भएको छ । कारोबार खुल्ने हुनेबित्तिकै ओरालो लाग्न सुरु भएको परिसूचक आधा घण्टाभित्रै ८२ अंकसम्म झरेरको थियो ।

मंगलबार २०५ वटा कम्पनीको १ करोड ७७ लाख १४ हजार कित्ता सेयर ८३ हजार ३५७ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

व्यापार समूह २६.७३ अंकले बढ्नुबाहेक अन्य सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ९६ अंकले घटेको छ । त्यस्तै बैंकिङ समूह ७.७२, होटेल समूह ३१.३८, विकास बैंक समूह ३०.२७, जलविद्युत समूह १२.४७, वित्त समूह ७.०१, निर्जीवन बिमा समूह ५२.०४, लघुवित्त समूह ६.३२, जीवन बिमा समूह २०.२ र अन्य समूह ५१.११ अंकले घटेको छ ।

सबैभन्दा बढी कारोबार भएका कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), माथिल्लो तामाकोशी र नबिल बैंक छन् । यी कम्पनीको क्रमशः ७३ करोड ९४ लाख, ४३ करोड ३९ लाख, र ३७ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा पनि निफ्रा र तामाकोशी र पहिलो नम्बरमा देखिएका छन् । निफ्राको १० लाख ८१ हजार ४ सय कित्ता सेयर किनबेच भएको छ भने माथिल्लो तामाकोशीको ७ लाख ५३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

Back to top button