वर्ल्डलिंकको सद्भावना दूतमा शृङ्खला खतिवडा

इन्टरनेश सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सले शृंखला खतिवडालाई कम्पनीको सद्भावना दूतमा नियुक्त गरेको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् ।

वल्र्डलिंक कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वल्र्डलिंक सधैं प्रयासरत रहेको बताए । २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा खतिवडालाई नियुक्त गरिएको उनले बताए ।

खतिवडाले वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र नभई डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पुर्याइरहेको संस्था रहेको बताइन् ।

Back to top button