ताप्लेजुङको दोभानमा भीषण आगलागी, तीन दर्जन बढी घर जले नस्ट

सुदुरपूर्वको ताप्लेजुङ जिल्लाको दोभानमा भीषण आगलागी हुँदा तीन दर्जन बढी घर जलेर नस्ट भएको छ ।  मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा बिहान ९ बजे सुरु भएको थियो ।

अहिले आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन् ।  आगो थप फैलिन नदिन ‘फायर लाइन’ बनाइएको छ ।

स्थानीयले प्रहरीलाई ३५/४० वटा घर जलेको बताएपनि क्षतिको यकिन विवरण भने आइनसकेको इन्स्पेक्टर पोखरेलले बताए । दोभान बजारमा एक सय भन्दा धेरै घर रहेको बताइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणका लागि पहल गरिरहेका छन् । फुङलिङ नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिको थियो ।

सदरमुकामबाट पुगेको एक्स्काभेटरले आगो थप फैलिन नदिनका लागि दोभान बजारका केही कच्ची घर भत्काएको छ । प्रहरीका अनुसार आगो के कारणले लाग्यो भन्ने खुल्न बाँकी छ ।

 

Back to top button