विप्लव समूहसँग ३ बुँदे सहमतिः प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

सरकारी वार्ता टोली र नेत्रविक्रम चन्द ‘विप्लव’को वार्ता टोलीबीच तीन बुँदे सहमति भएको छ । सहमति सँगै प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ ।  बिहीबार सरकारसँग तीन बुँदे सहमति भएको हो ।

सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

यसै बीच प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

 

 

Back to top button