फेरी उल्टो बुद्धिः नेपाल समुह समानान्तर कमिटि बनाउँदै

सर्वोच्च अदालतले एकीकरण अस्वीकार गरेपछि एमाले र माओवादी प्रतिनिधि सभामा दुई दल भइसकेका छन् । पूर्व एमाले तर पुष्पकमल दाहालको पछि लागेका माधव कुमार नेपाल झलनाथ खनाल समुह फेरी उल्लो बाटोमा हिड्न थालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरुद्ध गुठगत भेला गरेर ओलीलाई दवाव दिने पक्षमा नेपाल समुह देखिएको छ । त्यति मात्रै होईन समानान्तर कमिटि बनाउने सम्म नेपाल समुह पुगेको छ ।

यी दुई पार्टी एकीकरणपछि बनेको नेकपामा भने एमालेकै एउटा तप्‍का नेपाल समूह दाहाल समूहलाई सहयोग गर्न गयो । उनै नेपाल र दाहालले त ओलीलाई नेकपाको साधारण सदस्य र अध्यक्षबाट समेत हटाउने निर्णय गरेका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि ओलीलाई कारबाही गर्ने नेपाल तिनै ओली नेतृत्वको एमालेमा फर्किएका छन् ।

माधवकुमार नेपाल-झलनाथ खनाल पुष्पकमल दाहालसँगको सहकार्य छोडेर आएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखे,’प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ । दुई तिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।’ थापाले भनाइको संकेत नेपाल(खनाललाई पहिले एमालेमा पाएको सम्‍मान् दिन नसकिने स्पष्ट संकेत थियो ।

एमालेभित्र नेपाल समूहलाई केपी ओली समूहले कसरी पेल्दैछ भन्‍नको लागि सुदुरपश्‍चिम प्रदेशमा भएको झगडा हेरे पुग्‍छ । त्यहाँ पूर्वमाओवादी तथा ओली समूहमा लागेका लेखराज भट्ट र एमालेकै उपाध्यक्ष भीम रावल पक्षबीच विवाद् भएको हो । रावल, माधव नेपाल पक्षका हुन् ।बिहीबार खनाल-नेपाल समूहको स्थायी कमिटी बैठकमा पनि अध्यक्ष ओलीले २०७५ जेठ २ भन्दा अघिकै अवस्थामा फर्केर व्यवहार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘आजको बैठकले संगठित गुण्डागर्दी गरेको भन्दै केपी ओलीको ध्यानाकर्षण गराएको छ । प्रतिवाद गर्न आफ्नो पक्षलाई आह्वान गरेका छौँ । बैठकले पार्टी केन्द्रीय समितिको बैठक आह्वान गर्न, पार्टी स्थायी कमिटी बैठक डाकेर वामपन्थी एक बनाउन ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ, एक नेताले भने, ‘यी कुरा नमान्‍ने र ओली यिनलाई पेलेरै जाने भनेर लाग्छन् भने समानान्तर बनाएर जाने भन्‍ने तयारी छ । आवश्यक परे पार्टीको राष्ट्रिय भेला डाक्ने, जनवर्गीय संगठनको राष्ट्रिय भेला डाक्ने, जिल्ला-जिल्लामा कार्यक्रम पनि गरिन्छ ।’

नेपाल समूहमा तत्काल खुलेका ११ जना एमालेका स्थायी कमिटी सदस्य छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, र अमृत बोहोरा ओलीविरोधी खेमाका स्थायी कमिटी सदस्य हुन् । बिहीबारको बैठकले ओली पक्षको पछिल्लो गतिविधिविरुद्ध आपत्ति जनाएको घनश्याम भुसालले बताए । ‘केपी ओलीले देशभरि चलाएको गुण्डागर्दी, मान्छे कुट्ने, कब्जा गर्ने मान्छे लखेट्ने धरपकड गर्ने, हेप्नेलगायतका विषयलाई तत्काल रोक्न आग्रह गर्ने निर्णय भएको छ ।

Back to top button