माधव नेपाल समुहको आकस्मिक बैठक बानेश्वरमा

नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको निर्णयप्रति एमाले माधव नेपाल–झलनाथ खनाल पक्षले आक्रोश व्यक्त गरेको छ । ओलीको निर्णयविरुद्ध प्रतिक्रिया दिन नेता नेपाल समहले आकस्मिक बैठक बोलाएको छ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यको बैठक बसिरहेको छ । अध्यक्ष ओलीले आफ्नो समूहका केन्द्रीय कमिटी बैठक राखेर नवौं महाधिवेशनको कार्यसमिति पुनर्गठन गरेपछि नेपाल समूह आक्रोशित बनेको हो ।

ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने र प्रदेशको नेतृत्व हेरफेर गर्ने निर्णय गरेका छन् । एमालेका नेतालाई प्रदेशको नेतृत्वबाट हटाएर ओलीले माओवादी केन्द्रका नेतालाई जिम्मेवारी दिएपछि यो समूहले आकस्मिक बैठक बोलाएको हो ।

Back to top button