केन्द्रीय कमिटी बैठकमा नआए कारवाही गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागीहुन नेताहरुलाई आग्रह गरेका छन् । निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार कारवाही गर्ने चतावनी दिएका छन् ।

अखिल नेपाल महिला संघले १११औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबार गरेको कार्यक्रममा ओलीले माधव समुहलाई संकेत गर्दै पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो । फेरि अर्याल होटलमा बास बस्नु भएको भन्ने सुनेको बताए । एमालेको बैठक बैसाख ७ गतेका लागि बोलाएको जानकारी दिए ।

उनले भने, ‘सुनिन भन्न पाइने छैन । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहँदै जानुभो भने विधानको अनुसार कारवाही हुन्छ । उनले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने लगायतका आफ्नो निर्णयको बचाउ गरे ।

माधव नेपाल–झलनाथ खनाल पक्षका कसैलाई नहटाएको, तर पार्टीको काम गर्नलाई केहीलाई जिम्मेवारी दिइएको उनले बताए । ‘उहाँहरुले जस्तो अध्यक्षबाट निकालें भन्या छैन, पार्टी सदस्यबाट निकालें भन्या छैन,’ उनले अघि भने, अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरुलाई केही कामको जिम्मा दिएका छौं ।’

यसको विरोध गर्नुको अर्थ नभएको उनले बताए । ‘जिम्मा दिँदाखेरि फेरि दलिनमा टाउको ठोकिने गरी उफ्रिराख्नु भएको छ,’ उनले अघि भने, ‘किन उफ्रिराख्नु बैठकमा आए भइगो । ७ गते बैठक बोलाइएको छ । आउनुस्, छलफल गरौंला ।’

 

Back to top button